• २०८२ फाल्गुन २३, २०८२ ०४:०१

रुकुम (पूर्व)बाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी

रुकुम (पूर्व) — प्रतिनिधि सभा निर्वाचन अन्तर्गत रुकुम (पूर्व)बाट नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचित भएका छन्। निर्वाचन अधिकृतको कार्यालयले उनलाई विजयी भएको औपचारिक घोषणा गरेको हो।

मतगणनाको अन्तिम परिणाम अनुसार प्रचण्डले १० हजार २४० मत प्राप्त गर्दै जीत हासिल गरेका हुन्।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार लिलामणि गौतमले ३ हजार ४६२ मत प्राप्त गरेका छन्। त्यस्तै नेपाली कांग्रेसकी उम्मेदवार कुसुमदेवी थापाले ३ हजार ८१ मत ल्याएकी छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार लखनकुमार थापाले ८१९ मत प्राप्त गरेका छन्।

मतपरिणाम सार्वजनिक भएसँगै रुकुम (पूर्व)मा प्रचण्ड समर्थकहरूले विजय उत्सव मनाउन थालेका छन्। यस जितसँगै प्रचण्ड पुनः संघीय संसदमा प्रतिनिधित्व गर्ने भएका छन्।