• २०८२ फाल्गुन २५, २०८२ ०९:४३

गोरखा २ मा घन्टीका कबिन्द्र बुर्लाकोटीको अग्रता

गोरखा क्षेत्र नं. २ मा जारी मतगणनाको पछिल्लो अपडेट अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (घन्टी) का उम्मेदवार कबिन्द्र बुर्लाकोटीले उल्लेखनीय अग्रता बनाएका छन्।

पालुङटार नगरपालिका वडा नं. ५ सम्मको मतपरिणाम अनुसार बुर्लाकोटीले २१ हजार ५३७ मत प्राप्त गरेका छन्।

त्यसैगरी नेपाली कांग्रेस (रुख) का उम्मेदवार प्रकाशचन्द्र दवाडीले १० हजार ५४५ मत ल्याएका छन् भने माओवादी केन्द्र (तारा) का लेखनाथ न्यौपानेले ९ हजार ७०९ मत प्राप्त गरेका छन्। नेकपा एमाले (सूर्य) का उम्मेदवार मिलन चक्रेले २ हजार ४७० मत पाएका छन्।

 गोरखा–२ को मतपरिणामलाई लिएर स्थानीय तहमा चासो बढ्दै गएको छ।