• २०८२ फाल्गुन २६, २०८२ ०६:५५

गोरखा–१ मा रास्वपाका सुदन गुरुङको अग्रता कायमै

काठमाडौँ ।  गोरखा क्षेत्र नं. १ मा जारी मतगणनाको पछिल्लो परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी) का उम्मेदवार सुदन गुरुङ अग्रस्थानमा रहेका छन्।

पछिल्लो मतपरिणाम अनुसार सुदन गुरुङले ७ हजार ४३८ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेस (रुख) का उम्मेदवार प्रेमकुमार खत्रीले ६ हजार ५६३ मत ल्याएका छन्।

त्यसैगरी माओवादी केन्द्र (तारा) का उम्मेदवार हरिराज अधिकारीले ३ हजार ६४ मत प्राप्त गरेका छन् भने नेकपा एमाले (सूर्य) का उम्मेदवार आरसी लामिछानेले १ हजार ५९३ मत पाएका छन्।

हालसम्मको मतपरिणाम अनुसार रास्वपाका गुरुङले स्पष्ट अग्रता कायम राखेका छन्। मतगणना भने जारी रहेको निर्वाचन कार्यालयले जनाएको छ।