काठमाडौँ । पोखरा महानगरपालिकाले पोखराको पृथ्वीचोकमा डोजर चलाएको छ । सरकारी जग्गामा मापदण्ड विपरित बनाएका घर टहराहरुमा डोजर चलाएको हो । पोखरा पृथ्वीचोक बसपार्क क्षेत्रमा नेपाली कांग्रेस र नेकपा एमाले निकट ट्रेड युनियन र अन्य सस्थाले बनाएका संरचनामा डोजर चलाएको हो । त्यस क्षेत्रमा एमाले र कांग्रेस निकट ट्रेड युनियनले भाडा असुली गर्दै आएको थियो ।
पोखराको हङकङ बजार अगाडी पनि डोजर चलेको छ । यस क्षेत्रमा संरचना हटाउन ३५ दिनको सूचना दिइएको थियो । त्यसको म्याद जेठ ९ गते सकिएको थियो । यहाको संरचना हटाएर बाटो चौडा बनाउने भएको छ