• २०८३ जेष्ठ १५, २०८३ ०९:४८

सरकारले ३६० वस्तुमा लाग्दै आएको अन्तशुल्क खारेज

काठमाडौँ । सरकारले ११ तहको भन्सार दर ७ तहमा सिमित गरेको छ । यस्तै ३६० वस्तुमा लाग्दै आएको अन्तशुल्क पनि खारेज गरेको छ । आज अर्थमन्त्री स्वर्णिम वाग्लेले २०८२/८३ को बजेट प्रस्तु गर्दै यस्तो घोषणा गरेका हुन् ।

यस्तै सरकारले काठमाडौंको स्यूचाटारमा एआई कम्प्यूट सेन्टर स्थापना गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने क्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो जानकारी गराएका हुन् ।