• २०८१ पुष ८, २०८१ ०१:४४

‘१८ औं तीज फेस्टिवल–श्रृजनशील उद्यमी मेला २०७६’, काठमाडौंसहित अन्य २ शहरमा हुने

‘१८ औं तीज फेस्टिवल–श्रृजनशील उद्यमी मेला २०७६’, काठमाडौंसहित अन्य २ शहरमा हुने

नेपाली महिलाहरुको महान चाड तीजको अवसर पारेर महिला श्रृजनशील केन्द्रले यहि श्रावण र भाद्र महिनामा ‘नारी प्रिजेन्ट एनआईसी एसिया बैंक ‘१८ औं तीज फेस्टिवल–श्रृजनशील उद्यमी मेला २०१९’ इन एसोसिएसन विथ सेफ्टी’ आयोजना गर्ने भएको छ ।

नेपालको सबैभन्दा ठूलो तीज मेलाको रुपमा विगत १८ वर्षदेखि संचालन हुँदै आएको तीज फेस्टिवलको यो १८ औं संस्करण नेपालका विभिन्न ३ शहरहरुमा आयोजना हुने भएको छ ।

सन् २००२ देखि काठमाडौंको भृकुटीमण्डपमा मात्र आयोजना हुने गरेको तीज फेस्टिवल–शिर्जनशिल उद्यमी मेला यो वर्षदेखि प्रदेश नम्बर १ को ईटहरी र प्रदेश नम्बर ३ को हेटौंडामा पनि आयोजना हुने भएको छ ।

काठमाडौंमा श्रावण १६ गतेदेखि २० गतेसम्म आयोजना हुनेछ भने ईटहरीमा श्रावण ३० देखि ३२ गतेसम्म संचालन हुनेछ । हेटौंडामा भने तीज मेला भाद्र ५ गतेदेखि ७ गतेसम्म आयोजना हुँदै ‘नारी प्रिजेन्ट एनआईसी एसिया बैंक ‘१८ औं तीज फेस्टिवल–श्रृजनशील उद्यमी मेला २०१९’ इन एसोसिएसन विथ सेफ्टी’ को समापन पनि हुनेछ ।

‘नारी प्रिजेन्ट एनआईसी एसिया बैंक ‘१८ औं तीज फेस्टिवल–श्रृजनशील उद्यमी मेला २०१९’ इन एसोसिएसन विथ सेफ्टी’ मार्फत आयोजक संस्थाले असहाय, अपाङ्ग, असक्त र ग्रामीण भेग, पिछडिएका महिलाहरुको लागि निशुल्क स्टलको व्यवस्था गर्दै आएको छ भने इभेन्टको प्रवेश शुल्कबाट आउने आम्दानी मध्ये ५० प्रतिशत रकम सामाजिक संस्थालाई दिँदै आएको छ ।

महिला सिर्जना र उद्यमशिलतालाई प्रोत्साहन गर्ने उदेश्यले ५ उकृष्ट व्यवसायी स्टललाई अवार्ड समेत प्रदान गरिने छ ।