• २०८१ पुष ९, २०८१ ०६:५५

‘पुष्पलाललाई राष्ट्रिय विभूति घोषणा गर्न माग’

‘पुष्पलाललाई राष्ट्रिय विभूति घोषणा गर्न माग’

नेकपा (माओवादी केन्द्र)ले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठलाई राष्ट्रिय विभूति घोषणा गर्न आग्रह गर्दै सरकारलाई मागपत्र बुझाएको छ ।

सो पार्टीका स्थायी समिति सदस्य आलोक रायमाझीले शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढामार्फत प्रधानमन्त्रीसमक्ष सो मागपत्र बुझाएका हुन्।

संस्थापक महासचिव श्रेष्ठको वैज्ञानिक योगदानको उच्च मूल्याङ्कन गरी उनलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गर्दै पत्र बुझाइएको उनले जानकारी दिए ।