• २०८१ पुष ८, २०८१ ०७:०६

प्रचण्डको ओलीलाई सचिवालय बैठक बोलाउन प्रस्ताव, ओलीको असहमति

नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष प्रचण्डले आज पनि अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली संग भेटघाट गरेका छन्। आजको भेटमा प्रचण्डले ओली संग सचिवालय बैठक बोलाउन अनुरोध गरेका थिए तर ओलीले सहमति नजनाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन्।

भोलि प्रधानमन्त्री काठमाडौँ बाहिर जाने भएकाले पर्सि २७ गते बैठक बोलाउन प्रचण्डले प्रस्ताव गरेका छन् । तर आजको छलफलमा पनि अध्यक्ष केपी शर्मा ओलीले २७ गते बैठक बस्न सहमति नजनाएको श्रेष्ठले बताएका छन्

यहि बिषयमा छलफल गर्न प्रचण्ड सहित पाँच सचिवालय सदस्य बीच धुम्बाराही स्थित नेकपा पार्टी कार्यलयमा अनौपचारिक बैठक भएको छ। बैठकमा सचिवालय बैठक बोलाउने बिषयमा सामान्य छलफल भएको श्रेष्ठले पत्रकारलाई बताएका छन्।