• २०८१ पुष ८, २०८१ ०६:२६

दोस्रो दिन भाईटिकासंगै सकियो तिहार

कोरोना महामारीको कारण यस बर्षको पर्वहरुलाई ठुलो नै असर गरेको छ । नेपालीहरुको महान चाड दशैं र दोस्रो ठुलो पर्व तिहारलाई पहिलेको तुलनामा धेरै नै असर गर्यो। कोरोनाको बाबजुत पनि यस बर्षको तिहार काठमाडौँमा भने निकै झिलिमिली रंगीचंगी देखिएको थियो। तिहारको अन्तिम दिन आज (मंगलबार) किजापूजा गरे संगै समाप्त भएको छ ।

नेवार समुदायका केहि समुहले भने आज भाईटिका लगाएका छन् । नेवार समुदायका केही समूहका दिदीबहिनी र दाजुभाइले श्रद्धाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइदिएका छन् ।

दाजुभाई तथा दिदीबहिनी नहुनेहरुले भने रानीपोखरीको बाल्गोपालेश्वोर मन्दिरमा गएर टिका ग्रहण गरेका छन् । भाईटिकाको दिन प्रत्येक बर्ष खुल्ला हुने बालगोपालेश्वोर मन्दिर भुकम्पका कारण ५ बर्ष देखि बन्द थियो भने अहिले राष्टिय पुननिर्माण प्राधिकरणले यसको निर्माण सम्पन्न गरे संगै यस बर्षदेखि खुल्ला भएको रानीपोखरीमा टिका ग्रहण गर्ने र दर्शन गर्नेहरुको भिड लागेको छ ।