• २०८१ पुष ८, २०८१ ०६:१७

नेकपाको सचिवालय बैठक १० दिनका लागि स्थगित

काठमाडौँ – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक १० दिनका लागि स्थगित भएको छ । आज (बुधबार) बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठक मंसिर १३ गते पुन बस्ने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

आज बसेको सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओलीले नयाँ प्रस्ताव पेश गर्ने निर्णय भएको प्रवक्ता श्रेष्ठले बताएका छन् । मंसिर १३ गते बस्ने सचिवालय बैठकमा कातिक २८ गते प्रचण्डले प्रस्तुत गरेको प्रस्ताव र केपी शर्मा ओलीले प्रस्तुत गर्ने प्रस्ताव माथि छलफल हुनेछ ।

साथै नेकपाको सचिवालय बैठकले मंसिर १८ गते स्थायी कमिटि बैठक र मंसिर २५ गते केन्द्रिय कमिटिको बैठक बोलाउने निर्णय पनि गरेको छ ।