• २०८१ पुष ८, २०८१ ०६:४६

राजधानीमा २२ दलको बिरोध प्रदर्शन

काठमाडौँ । राजधानीको माइतीघरमा २२ दलिय मोर्चाले आइतबार बिरोध प्रदर्शन गरेका छन् । उनीहरुले सत्तारुढ दल नेकपाको सरकारले गरेका गतिबिधि विरुद्ध प्रदर्शन गरेका हुन् ।  उनीहरुले अमेरिकी प्रोजेक्ट मिलिनियम च्यालेन्ज कर्पोरेसन खारेज गर्नु पर्ने साथै कालापानी, लिपुलेक, लिम्पियाधुरा क्षेत्र फिर्ता गर्नु पर्ने, स्वास्थ्य, शिक्षा र रोजगार सर्वसुलभ गरिनु पर्ने माग राखेका छन् ।

त्यस्तै सरकारले कोरोनाको बिरामीको उपचार निशुल्क  गर्नु पर्ने , गरिब तथा बिपन्न बर्गलाई खान लगायत न्युनतम सुबिधाको ग्यारेन्टी गर्नु पर्ने, बेरोजगारीलाई रोजगारीको व्यवस्था र भत्ता उपलब्ध गराउनु पर्ने, उखु किसानको बक्यौता रकम तुरुन्त उपलब्ध गराउनु पर्ने, १९५० लगायत सम्पूर्ण असमान सन्धि सम्झौता खारेज गर्नु पर्ने, दल माथिको प्रतिबन्ध खारेज गर्नु पर्ने जस्ता बिषयमा बिरोध प्रदर्शन गरेको हुन् ।

कर्यक्रममा प्रदर्शनकारीहरुले अमेरिकी साम्राज्यवाद मुर्दावाद ! भारतीय विस्तारवाद मुर्दावाद ! लिपुलेक कालापानी लिम्पियाधुरा हाम्रै हो ! राष्टिय स्वाधिनताको रक्षा गरौँ जस्ता नारा लगाएका थिए ।

कार्यक्रमको आयोजना नेकपा (मसाल), नेकपा क्रान्तिकारी माओवादी, नेकपा (माले), राष्टिय जनमोर्चा, राष्टवादी नेपाल, राष्टवादी केन्द्र नेपाल, नेकपा (मार्क्सवादी), नेकपा (माओवादी) केन्द्र लगायत २२ दलले गरेका थिए ।