काठमाडौँ । मिस नेपाल २०२० को ताज नम्रता श्रेष्ठले जितेकी छिन् । शनिबार भएको प्रतियोगितामा २० जना प्रतिस्पर्धीलाई पछि पार्दै श्रेष्ठले २६ औं मिस नेपालको उपाधि जितेकी हुन् ।
उनलाई ‘मिस नेपाल वर्ल्ड २०१९’की अनुष्का श्रेष्ठले ताज पहिराएकी हुन् । नम्रताले मिस वर्ल्ड २०२१ नेपालको प्रतिनिधित्व गर्ने छिन् ।
त्यस्तै मिस सुपरनेशनल सिमल कानयूजिया बनेकी छिन्, मिस नेपाल इन्टरनेशनल सन्ध्या शर्मा, मिस नेपाल अर्थ सुप्रिया श्रेष्ठ बन्न सफल भएकि छिन् ।