
म सम्झन्छु !
किनकि म बिर्सनै सक्दिन।
आजभन्दा ठाक्कै १६ बर्ष अघिको भच्चेक।
आज म सम्झिरहेछु, अहिलेको भच्चेक।
तपाँइ यो पढ्ने तरखरमा हुनुभएकालाई आफुले पहिलोपटक छोडेर आउँदाको गाँउघरको सम्झना ताजा छ ?
एकैछिन रोकिएर सम्झनु त !
सम्झनु भो ?
सम्झनै सक्नुभएन भने चाँहि कुनैबेला सम्झने प्रयास गर्नु न है !
किनकि, तपाँइ गोर्खाली हो नी?
अझ, उत्तरी गोरखा भच्चेकतिरकै हुनुहुँदोरहेछ ? भने तपाँइलाई यो आलेख पढ्न अझ मज्जा आउनेछ किनकि यो एक सम्झना हो । आजभन्दा १५-१६ बर्ष अघिको भच्चेकको अनि तुलना हो बदलिएको समयको । अनि बदलिएको हाम्रो चालचलनको ।
आजभन्दा १७ बर्षपहिले ८ बर्षको उमेरमा पहिलो पटक आफ्नो घर छोडेर हिड्दा सदरमुकामसम्मको करिब ४५ किमि बाटो दिनभरि हिँडेर पुगिएको थियो ।
सवारी साधन हुन्छन् भन्ने कुरा मैले गोरखा बजार गएरै देखेको हो । बाइकलाई अजिब तरिकाले हेरेको देख्दा मलाई एक सज्जनले भनेको सम्झन्छु- ‘यो ठुलो मान्छेले चढ्ने कुरा हो’।
कहिले बनिन्छ होला ठुलो मान्छे । मेरो दिमागमा आइरहेने प्रश्न एक यो पनि थियो त्याे दिनमा ।
आज जब-जब घर जान्छु।
बाइकमा ताँति देखिन्छ्न् ।
म अनायसै सम्झिन पुग्छु ठुलोमान्छे सन्दर्भ।
बाइक चढेर ठुलोमान्छे भैइन्छ वा ठुलोमान्छेले बाइक चढ्नेरैछ्न् भन्ने कुरा ति सज्जनले मलाई जानेरै भनेका थिए होला वा जिस्काएर, म अहिले फर्केर सोध्न सक्दिन किनकि मसँग अहिले सम्झना मात्रै बाँकि छ !
तपाँइपनि अहिले बाइक चढ्नुहुन्छ् होला वा चढ्ने बिचारमा हुनुहुन्छ हाेला।
तपाँइले पनि अहिलेसम्मको हुर्काइमा मेरोजस्तै अनुभव गर्नुभयो कि?
यो त एउटा बिषयमा गरिएको आफ्नो कुरा !
अब बर्तमानमा फर्कौ न है।
बिगतको जति याद गरेपनि बाँच्नु त बर्तमान मै छ नि हगि?
अहिलेलाई फेरि भच्चेक नै फर्कौ न है!
आज भोलिको भच्चेक क्या ।
केहि दिन पहिले म चितवनबाट लगभग ११० किमिको बाटो ३ घन्टामै भच्चेकस्थित आफ्नो घर पुगेँ जहाँपुग्न केहि बर्षपहिले बाटोमा बास बस्नुपर्थो!
आमा खाना बनाइराख्नु है भनेर ७ बजे बिहान हिँडेको म ठाक्कै १० बजे घर पुगेँ। सम्झँदा आफैँलाई अचम्मै लाग्छ, सगैं बदलिएको समय देख्दा त्यो बिगत सम्झेर रमाइलो लाग्छ!
आखिर,
बिगत जतिसुकै पिडादायि भएतापनि वर्तमानमा सम्झिदा रमाइलैलाग्छ किनकि बर्तमान जतिसुकै रमािलो भएतापनि हमीलाई केहि नपुगेझै , केहि कमि झै लाग्छ !
सायद,
यो जिन्दगीको सामान्य नियम होला।
सरल बाटो बिकासको सबैभन्दा पहिलो अनि अनिवार्य सर्त हो भन्ने कुरामा त थेरै बिबाद नहोला ।
बाटो बनेपछि बिकासका अरु मानकहरु स्वत बिस्तारै आउँदै गर्दारहेछ्न् ।
भुकम्पपछि भग्नावशेष बनेको भच्चेकलाइ प्राथमिकतामा पारेर पिच बाटो बनेपछि मुहार फेरिएको छ!
अत्यावस्यक सामानको ढुवानि खर्च कम भपछि सामनको मुल्य स्वत कम पर्दा त्यँहाका जनताले दैनिक उपभोग गर्ने बस्तुको मुल्य कम हुनेदेखि बिरामी पर्दा समयमै एम्बुलेन्सको उपलब्धता हुने कुराले सायद विकासको बास्तबिक चित्र देखाउँछ।
ओहो !
यतिका कुरा गरेपछि बाटो त्यहाँबाटो कसको पहलमा पुग्यो भन्नेबारे अलिकति चर्चा त गर्नैपर्यो नि ।
भच्चेक आसपासको हुनुहुन्छ भने तपाँइले पक्कैपनि एउटा गफ धेरैसम्मसम्म सुन्नुभएको छ होला।
४० सालपछि काङ्रेशबाट निर्वाचित प्रतिनिधि कमला पन्तले हरेकजसो भ्रमणमा भच्चेकमा आफुले हेलिकप्टरबाट भएतापनि गाडि ल्याएरै छोड्ने र यसका लागि आफुलाई सधै भोट हाल्नुपर्ने बदाउने गरेको त्यहाँका हरेक भुक्तभोगिले आज भोलिपनि बताउँछ्न् !
समय बदलियो!
कमला पन्तलगायतका कयौं काङ्रेसिलाइ त्यो भेगका जनताअले जिताएर पठाए तर आफ्नो जिवनकालमै गाडिमा चढाउने सपना देखाउनेहरु चुनाबबाहेक कहिल्यै आएनन्।
अनि,’हेलिकप्टरबाट गाडि ल्याउने’ गफ चुनाबाघिको मिठो सपना मात्र बनिरयो।
सपना आखिर सपनामै सिमित कहाँ रहन्छ ?
जनताको सपनामा आग्फ्नो सपना देख्ने नेतृत्व जरुर जन्मिन्छ!
भयो पनि ठाक्कै त्यस्तै,
गणतन्त्र स्थापनासंगै गोरखालाई आफ्नो निर्वाचन क्षेत्र बनाएका बाबुरामले चलिआएको चलनलाई भत्काए। सायद्, क्रमभङ उनको लागि अनिवार्य सर्त हो।
चुनाबाघि मात्र गाँउघर पुग्ने कथित नेतृत्वको अनिवार्य नियमलाई उनले भताएनन् मात्र, गाउँ-ठाँउका आवस्यकतालाई सहरको बाताकुकुल कोठामा बसेर होइन, त्यहिका जनताग बसेर योजनाहरु तर्जुमा गरे र अन्त्तत एउटा दुर्गामि योजनालाई मुर्तरुप दिन यत्रतत्र प्रयत्न्न गरे!
भच्चेकसम्म पिच बाटो पुर्याउने आफ्नो योजना सुनाउँदा त्यहाँका जनताले बिश्वास गरे किनकि उनले चुनाबको मुखमा त्याे कुरा भनेका थिएनन् ।आफुपनि जन्मिएको त्यो बिकट भुगोललाई आफुसगैं माथि उकास्ने उनको आफ्नो सपना अनि सपनालाई मुर्तरुप दिलाउने कार्ययोजना सगसगै बाँडिरहेकाले उनको योजनालाई त्यहाँका नगरिकले बिस्वास् गरे र सक्दो सहयोग गरे!
प्रथम संबिधानसभको चुनाबमा देखि अहिलेसम्म गोरखालि जनताले के गरे भन्ने अब सयाद इतिहास भैसक्यो। भच्चेकमा बाटो पुर्याउने को हो? भनेर अलिक प्रस्नबाचक सोध्ने हो भने देख्ने हरेकले बाबुरामबाहेक अरुको नाम सायद लेलान्!
आजभोलि ‘बाबुरामले कम्युनिस्ट बिचारधार त्यागे रे अनि बाबुरामले त्यागेको कन्युनिस्ट बिचारधाराको नेतृत्वचाहि खड्कप्रसाद्र ओली अनि नारायणकाजीहरुले गर्छ्न्’ भनेर एकोहोरो झुट लाउने गाउँका चैते कम्युनिस्टहरुपनि बाटो बनाएको जस चाँहि बाबुरामलाई नै दिन्छ्न् !
सत्ता र शक्तिकै वरिपरि घुम्ने नेपाली समाजको आधारभुत मान्यता भएपनि काम्को मुल्याङ्कनचाहि जनताले गर्नेरैछ्न् भन्नेचाहिं गोरखाबाट देख्न सकिन्छ!
ओहो!
यो त बाबुरामको हनुमानै पो रहेछ भन्ने परिसक्यो होला है तपाँइलाई अहिलेसम्म पढ्दा!
अब एउटा कुरापनि भन्छु है
मैले बाबुराम त के अहिलेसम्म कसैलाई पनि भोट हालेको छैन! सत्यनिरुपण तथा बेपत्ता छनबिन आयोगमार्फत तत्कालिन जनयुद्द्का पिडितलाई न्याय नदिलाएसम्म आफ्नो मत जानिजानि बदर गराउने मेरो अन्तरर्मनको सन्देशलाई मैले बिगतको चुनाबमा लागि गरेको छु र त्येहि गर्नेछु!
तर,मेरो आफ्नो पारिवारिक कारणलाई देखाएर समग्र आफ्नो गाँउठाउँमा भएका बिकासका काम अनि काममा अगुवाइ गर्नेप्रतिनिधिबारे देखेको कुरा त लेख्नुपर्यो नि !
कि कसो?
तपाँइहरु यो पढिरहने कतिलाई औडाह भैरहेको होला नारायणकाजीको योगदान कहिँकतै आएन भनेर!
नरिसाउनु न है।
नारायणकाजिले गोरखालाई आफ्नो कार्यक्षेत्र बनाउनुभएको कति महिना भयो सम्झिना छ?
नारायणकाजीसंग गोरखाका अपेक्षा जरुर छ्न् तर धन्यबाद भनिहाल्नुपर्ने काम केहि छ्न्?
भलै, यो पहिलो आलेखमा मैले बाटोलाई अलिक फोकस गरेकाले नारायणकाजीको अगुवाइमा बन्दै गरेको केहि योजनाबारे आगामी आलेखमा जरुर चर्चा गर्नेछु!
कांग्रेसले चाँहि त्यो भेगमा धन्यबाद भन्नैपर्ने केहि काम गरेको मलाई सम्झना छैन! मेरो यो सानो मन्दबुद्दिले नदेखेको केहि कुरा भएमा भनुहोला है।
‘गाँउघर’ नामक यो स्तम्भ म गाँउठाउँकै मान्छेले पढुन् भन्ने हेतुले गाँउठाँउकै अनलाइनमा प्रकाशित गर्ने सोच राखेको हुँ ।
साप्ताहिक रुपमा आउने यो आलेखमा मैले गोरखाका आफ्नो परिबेशलाई आधार बनाएर समग्र देशकै ग्रामिण समाजका समस्या-समाधान अनि प्रतिनिधिको कामकारवाहि बारे लेख्ने प्रयास् गर्नेछु।
सङै, बेतिथिबारे त लेखिनेनै छ।
आजलाइ यत्ति नै !
अर्को हप्ता भेटौला!
माया नमारे।