पुस ५, काठमाडौँ । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्टपति बिद्यादेवी भण्डारीले संसद विघटन गरेकी छिन् । संसद विघटन संगै आमचुनाबको पनि घोषणा भएको छ ।
आइतबार बिहान बसेको मन्त्रिपरिषदको बैठकलमा प्रधानमन्त्रीले संसद विघटनको प्रस्ताव राष्टपति कहाँ पठाउने निर्णय गरेको थियो । सोहि निर्णय अनुसार प्रधानमन्त्री ओलीले राष्टपतिलाई संसद गर्न सिफारिस गरेका थिए ।
संसद बिघटन संगै राष्टपतिले २०७८ बैशाख १७ र २७ गते आमचुनाबको घोषणा गरेकी छिन् ।