• २०८१ पुष ८, २०८१ ०६:२०

राष्टपतिलाई महाभियोग लगाएर हटाउनु पर्छ : गगन थापा

पुस ५, काठमाडौँ । कांग्रेस नेता गगन थापाले संसद विघटन असंबैधानिक र अलोकतान्त्रिक भएको बताएका छन् । संबिधानमा प्रधानमन्त्रीले संसद विघटन गर्न पाउने व्यवस्था नरहेको बताएका छन् । कांग्रेसले यसको विरोध गर्ने र प्रतिरोध गर्ने कर्तब्य रहेको बताएका छन् ।

उनले प्रधानमन्त्री ओलीले संसद विघटन गर्नका लागि सिफारिस गर्नै नपाउने संविधानमा व्यवस्था रहेको बताएका छन् । संसदको सचिवालयमा ओली विरुद्ध अविस्वासको प्रस्ताव दर्ता भएपछि विस्वास गुमाएको प्रधानमन्त्रीले संसद विघटन गर्न नपाउने राजनीतिक आधार रहेको बताएका छन् ।

त्यस्तै उनले राष्टपति विद्यादेवी भण्डारीको भूमिकाको विरोध गरेका छन् । राष्टपति विद्यादेवी भण्डारीको कारणले राष्टपतिको संस्थाको र गणतन्त्रको अपमान हुने भन्दै जति सक्दो महाभियोग लगाएर निकाल्नु पर्ने बताएका छन् । राष्टपतिको रुपमा शासन गर्ने  वैधता, नैतिकता, योग्यता, मर्यादा केहि पनि नभएको उनले बताएका छन् ।

राष्टपति प्रधानमन्त्री ओलीको अपराधको साझेधार भएको सबै कुरामा उनको संलग्नता भएको बताएका छन् । राष्टपतिले नेपालको प्रमुखको रुपमा न सोचेको छ न भूमिका गरेको छ उनले भने राष्टपति प्रधानमन्त्री ओलीको ग्यांङ छ ग्यांङ भित्रको सदस्य रहेको उनले बताएका छन् । जति समय राष्टपति रह्यो त्यति समय राष्टपतिको संस्था र गणतन्त्रलाई खतरा छ । गणतन्त्रलाई जोगाउन पनि राष्टपतिलाई बिदाई गर्नु पर्ने उनले बताएका छन् ।