• २०८१ पुष ८, २०८१ ०६:३९

प्रचण्ड-नेपाल संसद विघटन विरुद्ध उत्रिए सडकमा (फोटो फिचर)

काठमाडौँ । प्रचण्ड – नेपाल समूहले संसद विघटन विरुद्ध माइतीघरमा प्रदर्शन गरेका छन् । प्रधानमन्त्री ओलीको कदम विरुद्ध नेताहरुले सडकमै बसेर विरुद्ध प्रदर्शन गरेका हुन् । आजको प्रदर्शनमा नेकपा अध्यक्ष प्रचण्ड – नेपाल वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायत नेताहरु सहभागी रहेका थिए ।

आन्दोलनमा संसद पुनर्स्थापना गर, असंबैधानिक संसद विघटन खारेज गर, प्रतिगामी हर्कत बन्द गर जस्ता नारा लगाएका थिए ।

प्रचण्ड नेपाल समूह संसद विघटन विरुद्ध माइतीघर बाट नाराबाजी गर्दै निर्वाचन आयोग पुगेका थिए ।

निर्वाचन आयोग पुगेर नेकपाका नेताहरुले आफुलाई आधिकारिकताका लागि दबाब दिन आन्दोनल गर्नुपरेको बताए । भट्टराईको संक्षिप्त सम्बोधनपछि नेकपाका अध्यक्ष प्रचण्ड र माधव नेपाल लगायतका केही नेताहरु आयोग कार्यालय गएका थिए । तर प्रहरीले हस्तक्षेप गर्दा सवै नेताहरु आयोग छिर्न पाएनन् ।

त्यसपछि प्रचण्ड–माधव समूहका शीर्ष नेताहरु मात्र आयोग पुगेका थिए ।