• २०८१ पुष ८, २०८१ ०६:३२

प्रधानमन्त्रीले गरे मन्त्रिपरिषद विस्तार- ८ मन्त्री र १ राज्य मन्त्री थपिए, ६ मन्त्रीको जिम्मेवारी परिवर्तन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गरेका छन् । शुक्रबार ८ मन्त्री र १ राज्यमन्त्री थपेर प्रधानमन्त्री ओलीले मन्त्रीमंडल विस्तार गरेका हुन् ।

त्यस्तै ६ मन्त्रीको जिम्मेवारी हेरफेर गरिएको छ । संसद विघटन गरेर मध्यावधि निर्वाचनको घोषणा गरे संगै प्रचण्ड – नेपाल पक्षका ७ मन्त्रीले राजिनामा दिएका थिए ।

प्रधानमन्त्री ओलीले आफ्नो समूहका नेताहरुलाई मन्त्री बनाएका छन् । थपिएका ८ मध्ये ५ जना प्रचण्डलाई छोडेर ओली समूहमा लागेका नेताहरु रहेका छन् ।

नयाँ थपिएका मन्त्रीहरुमा – १.टोपबहादुर रायमाझी (ऊर्जा), २. प्रभु साह (शहरी विकास), ३. मणि थापा (खानेपानी तथा सरसफाई), ४.प्रेम आले (वन तथा वातावरण), ५.गणेश ठगुन्ना (सामान्य प्रशासन तथा संघीय मामिला), ६.जुली महतो (महिला तथा ज्येष्ठ नागरिक), ७.गौरीशंकर चौधरी (श्रम तथा रोजगार) ८. दाबा लामा (युवा तथा खेलकूद), ९. विमला विश्वकर्मा (उद्योग राज्यमन्त्री)

त्यस्तै जिम्मेवारी हेरफेर हुने मन्त्रीहरुमा – हृदयेश त्रिपाठी (स्वास्थ्य तथा जनसंख्या), २. कृष्णगोपाल श्रेष्ठ (शिक्षा) ३. भानुभक्त ढकाल (संस्कृति, पर्यटन तथा नागरिक उड्ययन) ४.पद्मा अर्याल (कृषि तथा पशुपंक्षी) ५.शिवमाया तुम्बाहाङफे (भूमि सुधार), ६.लिलानाथ श्रेष्ठ (न्याय कानुन तथा संसदीय मामिला)