• २०८१ पुष ८, २०८१ ०६:५०

प्रचण्डले भने – बैशाख बाट ओलीको पत्तासाफ हुन्छ

काठमाडौँ । नेकपा अध्यक्ष प्रचण्डले बैशाखबाट ओलीको राजनीतिक इतिहास पत्तासाफ हुने बताएका छन् । मंगलबार संसद विघटन विरुद्ध काठमाडौँमा गरिएको विरोध सभालाई सम्बोधन गर्दै प्रचण्ड भने – बैशाख पछि ओली प्रधानमन्त्री नरहने बताएका छन् । उनीले नै श्री ३ महाराज धिराज हुन्छु भन्ने सपना देखेर हुनेवाला हो यो आजको नेपालमा प्रचण्डले भने ।

प्रतिगमन नसच्चिए सम्म विरोध प्रदर्शन नरोकिने उनले बताएका छन् । संसद विघटन विरुद्ध अझ कडा ससक्त निर्मम संघर्ष गर्ने तयारी गर्ने उनले भने हामी अन्तिम समय सम्म लड्छौं तपाइहरुले कति तयारी गर्न सक्नुहुन्छ गरे हुन्छ, हामी छोड्नेवाला छैनौँ ।

ओलीले चुनाब गर्नका लागि मध्यावधि घोषणा नगरेको भन्दै भ्रममा नपर्न आग्रह गरेका छन् । यो हुनेवाला चुनाबको घोषणा नभएको बताएका छन् ।  स्वयम् केपी ओलीलाई भरोसा नभएको उनले बताएका छन् ।

प्रचण्डले आफ्नो पक्षमा पार्टीको बहुमत ७० प्रतिशत केन्द्रिय सदस्य रहेको बताएका छन् । निर्वाचन आयोगलाई हाम्रो भरोसा छ चाहिन्छ भने ३ सय जना केन्द्रिय सदस्यलाई लाइन लगाएर सनाखत गराउन तयार छौँ ।

पार्टीको बैधानिकता र सुर्य चिन्हको कुरा घाम जस्तै छर्लङ्ग छ प्रचण्डले भने ७० प्रतिशत भएको पार्टी नहुने अनि सयको वरिपरि बसेर १२ सय बनायो भनेर नौटंकी गर्ने त्यो पनि कहिँ छलफल छैन यस्तो पनि हुन्छ दुनियामा कहिँ उनले भने । ओलीको कदम सडकले नै सच्याउने हो जनताले नै हो सच्च्याउने हो, अदालतलाई सम्मान गर्ने हो सम्मान बाहेक केहि गर्न मिल्दैन, अदालतले असंबैधानिक कदम सच्याउनेछ भनेर भरोसा गर्छौं तर अन्तिम भरोसा जनता नै भएको उनले बताएका छन् ।