काठमाडौँ । प्रचण्ड – नेपाल समूहले संसद विघटन विरुद्ध काठमाडौँमा प्रदर्शन गरेका छन् । राजधानीको विभिन्न ठाउँबाट शुरु भएको जुलुश प्रदर्शनी मार्गमा जम्मा भएर प्रचण्ड – नेपाल लगायत नेताहरु जुलुशमा सामेल भएर शहित गेट रत्नपार्क बागबजार पुतलीसडक हुदै प्रदर्शनी मार्गमा पुगेर विरोध सभामा परिणत भएको थियो ।
विरोध सभालाई अध्यक्षद्वय प्रचण्ड, माधब कुमार नेपाल, बरिष्ट नेता झलनाथ खनाल, प्रबक्ता नारायणकाजी श्रेष्ठ साथै अष्टलक्ष्मी शाक्यले सम्बोधन गरेकी थिइन् ।