• २०८३ जेष्ठ २५, २०८३ ०४:५६

सरकार विरुद्ध राप्रपाको राजधानीमा बिशाल प्रदर्शन

काठमाडौँ । राप्रपाले राजतन्त्र पुनस्थापना, हिन्दु राज्यको माग गर्दै राजधानीमा बिशाल प्रदर्शन गरेको छ । शुक्रबार राप्रपाले प्रदर्शनी मार्गबाट सुरु भएर रत्नपार्क सम्म बिशाल प्रदर्शन गरेको थियो। प्रदर्शनमा गणतन्त्र खारेज गर, राजतन्त्र पुनस्थापना गर, संघियता खारेज गर, धर्मनिरपेक्षता खारेज गर, हिन्दु राज्य कायम गर जस्ता नारा लगाएका थिए।

प्रदर्शनमा राप्रपाका ३ अध्यक्ष कमल थापा, प्रकाश चन्द्र लोहनी, पशुपति शमशेर राना, बिक्रम पाण्डे लगायत नेताहरु सहभागी रहेका थिए । विरोध सभालाई ३ अध्यक्ष कमल थापा, प्रकाश चन्द्र लोहनी, पशुपति शमशेर राना, नेताहरु बिक्रम पाण्डे, दिपक बोहरा साथै राजेन्द्र लिङ्ग्देनले सम्बोधन गरेका थिए ।

नेताहरुले सम्बोधनका क्रममा देशमा राजनीतिक अस्थिरता पैदा भएको बताएका थिए । दुइतिहाईको सरकारले देशमा अस्थिरता पैदा गरेको भन्दै कम्युनिस्टले देशमा भ्रस्टचार मात्रै बढाएको विकासको नाममा सिन्का पनि नभाचेको बताएका थिए । प्रजातन्त्र र लोकतन्त्रलाई बचाउन र रक्षा गर्न राजसंस्था पुनर्थापना गर्नु पर्ने बताएका थिए।