• २०८१ पुष ८, २०८१ ०३:५६

नव निर्वाचित अमेरिकी राष्टपति जो बाइडेनले लिए सपथ

वासिंङटन । अमेरिकाको नव निर्वाचित जो बाइडेनले ४६ औं राष्टपतिको रुपमा पदको सपथ लिएका छन् ।

अमेरिकाको डेमोक्रेटिक पार्टीको तर्फबाट राष्ट्रपतीय निर्वाचनमा जित हात पारेका बाइडनलाई सर्वोच्च अदालतका प्रधान्यायाधीश जोन रोबर्टले सपथ ग्रहण गराएका हुन् । सपथग्रहण समारोह वासिङटन डीसीस्थित यूएस क्यापिटलमा भएको थियो ।

डेमोक्रेटिकका तर्फबाट बाइडेनले डोनाल्ड ट्रंप लाई पराजित गर्दै राष्टपतिमा विजयी बनेका हुन् । डोनाल्ड ट्रंपले आफ्नो पराजयप्रति असन्तुष्ट जनाएका थिए, यधपी उनले राष्टपतिको सपथ ग्रहणको दिन ह्वाइटहाउस छाडेका छन् ।

समारोहमा बाइडेनभन्दा अघि अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारिसले पदको सपथ लिइन् । सर्वोच्च अदालतकी न्यायाधीश सोनिया सोतोमेयरमार्फत उनले सपथ लिएकी हुन् ।  जमैकन बाबु भारतीय आमाकी छोरी कमला अमेरिकी इतिहासमा उपराष्ट्रपतिमा विजयी हुने पहिलो महिला हुन् । उनी अफ्रिकी–अमेरिकी मुलकी पहिलो उपराष्ट्रपति तथा एशियाली– अमेरिकी मुलकी पहिलो उपराष्ट्रपति हुन् ।