• २०८१ पुष ८, २०८१ ०६:५२

प्रचण्ड-माधवको काठमाडौँमा शक्ति प्रदर्शन, लाखौं उत्रिए सडकमा

काठमाडौँ । नेकपाका प्रचण्ड – माधव समुहले काठमाडौँमा शक्ति प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी ओलीको संसद विघटन पछि यो अहिलेसम्मकै शक्तिशाली प्रदर्शन भएको छ । काठमाडौँको विभिन्न ठाउँ बाट निस्केको विरोध जुलुश रत्नपार्कमा पुगेर बिशाल जनसभामा परिणत भएको थियो ।

 

प्रधानमन्त्री ओलीले संविधानमा नै उल्लेख नगरिएको कदम चालेको कारण अहिले देशमा राजनीतिक र संबैधानिक संकट देखा परेको छ । संसदमा सरकार बनाउने व्यवस्था रहुन्जेल सम्म प्रधानमन्त्रीले संसद विघटन गर्न नपाउने व्यवस्था संबिधानमा लेखिएको छ । जसले गर्दा अहिले देशमा विभिन्न राजनीतिक दल देखि नागरिक समाजले विरोध प्रदर्शन गरिरहेका छन् । अहिले दुई खेमा एउटा सरकार संचालन गरिरहेका छन् भने अर्को पक्ष सरकार विरुद्ध आन्दोलनमा होमिएका छन् । अहिले प्रचण्ड-माधव समुहले सशक्त रुपमा विरोध प्रदर्शन गरिरहेका छन् ।

शुक्रबार काठमाडौँमा गरिएको प्रदर्शनले २०६२/२०६३ झल्को दिएको छ, आजको प्रदर्शनमा काठमाडौँ बाहिरका जिल्लाबाट पनि कार्यकर्ताहरु ल्याएका थिए, नुवाकोट, धादिंङ, हेटौडा, चितवन भक्तपुर ललितपुर र काठमाडौँबाट उल्लेख्य मात्रामा जनसहभागिता भएको थियो ।

आजको विरोध सभालाई पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल, झलनाथ खनाल र घनश्याम भुसालले सम्बोधन गरेका थिए ।

प्रचण्डले केपी ओलीलाई चाहेर तह लगाउन नसकेको बताएका थिए ।

उनले अघि भने, केपी ओलीलाई मात्र दोष दिएर हामी चोखैं हुन्छौं भन्ने लागेको छैन । अब केपी प्रवृत्ति प्रति उदार भएर भित्रभित्र संघर्ष गर्ने र उनको प्रवृत्तिलाई काम गर्न दिने भुल गर्ने छैनौं । त्यसो गरेर फाइदा हुने रहेछ ।’

उनले आफूहरु राष्ट्रप्रति इमान्दार रहेको र अब पनि रहने दावी गरे । उनले ओलीले सेटिङ मिलाई सकेका भनेका छन्, जनताले तोड्ने बताएका छन् । उनीहरको सेटिङलाई जनताको तागतले भत्काउने बताएका छन् । षड्यन्त्रकारी सेटिङलाई भत्काएर जनताको सेटिङ खडा गर्ने बताएका छन् ।