काठमाडौँ । नेकपाका प्रचण्ड-माधव र ओली पक्षले गरेको छुट्टा छुट्टै माग दाबीलाई निर्वाचनले आयोगले अस्विकार गरेको छ । आइतबार बसेको आयोगको पदाधिकारी बैठकले दुवै पक्षको निर्णयलाई मान्यता नदिने भएको छ ।
प्रचण्ड-माधव पक्षले बहुमत केन्द्रिय सदस्यको हस्तक्षर सहित निर्वाचन आयोगमा पठाएको थियो । संसद विघटनपछि अधिकारिक नेकपा कसको हुने भन्ने बिषयमा विबाद भइरहेको समयमा निर्वाचन आयोगको यस्तो निर्णय आएको हो । यो निर्णय संगै नेकपाको विभाजनमा ब्रेक लागेको छ ।
नेकपा भित्र अहिले एक पक्षले अर्का पक्षलाई कारबाही गर्ने क्रम तिब्र बनेको छ भने आइतबार मात्रै केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाट निकाल्ने निर्णय गरेको छ ।