• २०८१ पुष ८, २०८१ ०९:३६

काठमाडौँमा बर्डफ्लु देखियो

काठमाडौँ । काठमाडौँको तार्केश्वोर नगरपालिका वडा नं ७ साङ्ग्लेखोलामा बर्डफ्लु देखिएको छ । पशु विभागका अनुसार फुटुङका स्थानीयले पालेका हाँस र टर्कीमा बर्डफ्लु फेला परेको हो । पक्षीजन्य वस्तु मर्न थालेपछि त्यहाँ परिक्षण गरेपछि वर्डफ्लु पुष्टि भएको विभागले जनाएको  छ।

बर्ड फ्लु पुष्टि भएपछि १८६५ हाँस, ६२२ बटई, ३२ कुखुरा, २५ टर्की, ५४२ अण्डा र ७५ केजी दाना नष्ट गरिएको विभागले जनाएको छ । रोग देखा परेको क्षेत्रलाई पूर्ण नसंक्रमण गरेर रोग पूर्ण रुपमा नियन्त्रण गरिएको विभागले जनाएको छ।

रोग पुष्टि भएको क्षेत्रबाट रोग अन्यत्र फैलन नदिइ तत्काल नियन्त्रणमा लिन संघ, प्रदेश तथा स्थानीय तहका पशुसेवासँग सम्बन्धित निकायहरुलाई परिचालन गरिएको विभागले जनाएको छ ।

रोग देखिएको क्षेत्रमा रहेका सम्पूर्ण घरपालुवा पन्छी तथा रोग सार्न सक्ने अन्य वस्तु समेत नष्ट गरिएको छ ।