• २०८१ पुष ८, २०८१ ०९:३०

काठमाडौँमा प्रचण्ड-नेपाल पक्षको मशाल जुलुस

काठमाडौँ । प्रचण्ड-नेपाल पक्षले बुधबार काठमाडौँमा मशाल जुलुस प्रदर्शन गरेको छ । केपी शर्मा ओलीले बिभिन्न संबैधानिक निकायहरुमा पदाधिकारी नियुक्त गरेको विरोधमा मशाल जुलुस प्रदर्शन गरेको हो ।

प्रधानमन्त्री ओलीले संसद विघटन गरे संगै देशमा फेरी राजनीतिक अस्थिरता उत्पन्न भएको छ । १० बर्ष लगाएर बनाएको संबिधान बिपरित कदम चालेर देशलाई अहिले अध्यारो बाटोमा लान खोजेको छ । यसको विरोधमा प्रचण्ड-नेपाल समूहले अहिले हरेक दिन सडकमा प्रदर्शन गरिराखेको छ भने ओली पक्षले यसको प्रतिरक्षा गरिरहेको छ।  यो संगै प्रचण्ड र ओली एकअर्कालाई आरोप प्रत्यारोप लगाउनमा ब्यस्त देखिन्छ । सकेसम्म आफु चोखो आफुले गरेको कदम सहि भन्ने तर्फ प्रधानमन्त्री ओली लागेका छन् ।

प्रधानमन्त्री ओलीको अभिव्यक्तिले उनले कति पनि गल्ति गरेको अनुभूति देखिदैन तर ओलीको यो कदमले देशले ठुलो मूल्य चुकाउनु पर्ने देखिन्छ ।

https://youtu.be/6jbY6OaeX4o?t=11