• २०८१ पुष ८, २०८१ १०:४३

ओलीको काठमाडौँमा शक्ति प्रदर्शन, यहि पार्टी नै मूल पार्टी हो : प्रधानमन्त्री ओली

काठमाडौँ । नेकपाका सत्ताधारी केपी ओली पक्षले शुक्रबार काठमाडौँको नारायणहिटी राजदरबार अगाडी बृहत जनसभा गरेको छ । ओलीले पुस ५ गते संसद विघटन गरेपछि नेकपा विभाजित अबस्थामा पुगेको छ । संसद विघटन पछि ओली र प्रचण्ड-नेपाल पक्षले छुट्टै छुट्टै जनसभा गर्दै आइरहेका छन् । माघ ९ गते प्रचण्ड- माधव समूहले काठमाडौँमा बृहत विरोध जनसभा सम्पन्न गरेको थियो । त्यसको विपक्षमा जनसमर्थन आफ्नो पक्षमा रहेको देखाउन ओलीले आज जनसभा गरेको हो।  आजको सभामा भाग लिन चितवन, नुवाकोट,सिन्धुली हेटौडा काभ्रे बनेपा लगाएत ठाउँबाट कार्यकर्ता ल्याएका थिए। आजको जनसभालाई बागमती प्रदेशले योजना गरेको हो ।

प्रधानमन्त्री ओलीले जना सभालाई सम्बोधन गर्दै आफ्नो पार्टी नै मूल पार्टी भएको बताएका छन् । उनले यो नै देशको सबै भन्दा ठुलो पार्टी नै आफ्नो पार्टी भएको दाबी गरेका थिए। उनले कसैलाई अलमलमा नपर्न आग्रह गर्दै मूल पार्टी आफ्नो भएको बताएका छन् । उनले समृद्ध नेपाल र सुखी नेपाली बनाउने पार्टी नै आफ्नो भएको बताएका थिए ।कुन पार्टी खास पार्टी भन्ने कुरा भनिरहनु नपर्ने भन्दै आफ्नो पार्टी नै सक्कली पार्टी भएको बताए ।

उनले बिहिबार प्रचण्ड-नेपालले गरेको आम हड़तालको क्रममा ट्याक्सी जलाएकोमा विरोध जनाएका थिए । ओलीले ट्याक्सीमा भएको क्षेतिपूर्ति सरकारले दिने बताएका छन् । उनले ट्याक्सीको इन्सुरेन्सको बन्दोबस्त सरकारले गर्ने पनि बताएका छन् ।  उनले प्रचण्ड-माधवलाइ शाकाहारी आन्दोलनले हुदैन भन्नुको अर्थ के हो भन्दै प्रश्न गरेका थिए । शाकाहारीले हुदैन भन्नुको अर्थ चिकन चिल्ली खान्छु भनेको हो कि रक्सि आन्दोलन गर्न खोजेको हो भन्दै अब देशमा रक्सि आन्दोलन गर्ने दिन गए भन्दै अब कसैले हिंसा गर्ने आन्दोलन नसोचे हुन्छ भन्दै प्रचण्ड-माधवलाइ चेतावनी दिएका छन् ।