काठमाडौँ । प्रचण्ड – माधव समुहद्वारा प्रतिगमन विरुद्ध मानब साङ्लो बनाएर टुडिखेल घेराउ गरेको छ । चौथो चरणको आन्दोलन अन्तर्गत मानब साङ्लो बनाएर संसद विघटन, महंगी र भ्रस्टाचार विरुद्ध टुडिखेल घेराउ गरेको हो ।
मानव साङलोका लागि केन्द्रीय तहका नेताका साथै विभिन्न जनवर्गीय संघठनका नेता कार्यकर्ता सहभागी थिए ।
आफ्नै पार्टीको सरकारको कदम विरुद्ध प्रचण्ड- नेपाल समूह सडक आन्दोलनमा गरिरहेका छन् । उनीहरुले केपी ओलीले लोकतन्त्रको र संबिधानको हत्या गरेको बताएका छन् । बहुमतको प्रधानमन्त्री ओलीले लिखित संबिधानमा नभएको धारा प्रयोग गरेर संसद विघटन गरेपछि देशमा राजनी
तिक र संबैधानिक संकट देखिएको छ।