काठमाडौँ । नेकपा माओबादी केन्द्रले गृहमन्त्री रामबहादुर थापालाई कारबाही गरेको छ । नेकपा एमाले प्रवेश गरेका बादललाई कारबाही गरेको सूचना संघीय ससद्लाई दिएको छ ।
संसद विघटन पछि गृहमन्त्री बादल प्रधानमन्त्री ओली पक्षमा लागेको थियो भने उनले नेकपा माओबादी केन्द्र परित्याग गरेको सूचना संसद सचिवालयमा पठाएको छ ।
गृहमन्त्री बादल राष्टियसभा सदस्य हुन् अब बस्ने राष्ट्रयसभा बैठकमा राजनीतिक दलसम्बन्धी ऐनअनुसार उनको राष्ट्रियसभा सदस्य पद रिक्त हुनेछ ।
यसअघि बिहीबार मात्र एमाले प्रवेश गरेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीको प्रतिनिधिसभा सदस्य पद खारेज भएको थियो ।
दलका नेता शर्माका अनुसार चन्द्रबहादुर खड्कालाई पनि २४ घण्टाभित्र स्पष्टीकरण दिन भनिएको छ ।