• २०८१ पुष ८, २०८१ १०:४३

भक्तपुरमा बिस्केट जात्राको रौनक (तस्बिरमा)

काठमाडौँ । कोरोना कहरको बीच पनि भक्तपुरमा बिस्केट जात्रा शनिबार देखि सुरु भएको छ । नेवार समुदायले परापुर्वकालदेखि मनाउदै आएको बिस्केट जात्राको एतिहासिक एवं सास्कृतिक महत्व रहेको छ । ९ दिन ८ रात सम्म मनाउने बिस्केट जात्रा बिशेषत नेवार समुदायले मनाउने गर्दछन् ।

परापूर्वकालदेखि चलिआएको विश्वप्रसिद्ध बिस्केट जात्रा बिस्केट अर्थात ‘सर्प मारियो’ भन्ने अर्थमा नेवार समुदायमा मनाइने यो जात्रामा तान्त्रिक विधि अनुरूप निर्माण गरिएको भैरव र भद्रकालीको रथ तौमढीबाट भक्तपुरको माथिल्लो क्षेत्र क्वाछें, साकोथा, सुकुलढोका, गोलमढी पु्र्याइ फर्काउने प्रचलन छ । रथलाई तल्लो क्षेत्रमा गःहिटी पुर्याएपछि मंगलबार पहिलो दिनको रथयात्रा बिसर्जन गरिन्छ ।

किंम्बदन्ती अनुसार परापूर्वकालमा भक्तपुरमा बस्ने एक प्रतापी राजाको अत्यन्तै अद्भूत सुन्दरी राजकुमारी थिइन् । राजाले ति राजकुमारीसँग बिहे गर्नेलाई आफूले राजगद्दी नै सुम्पने बताएपछि राजगद्दी पाउने राजकुमारीसँग बिहे गर्न धेरै कुमारहरू आए तर जसले राजकुमारीसँग बिहे गर्थे उ पहिलो रातमै त्यही ओछ्यानमा मर्दथ्यो । राजाले आफ्नो सयनकक्षबाट हरेक बिहान लास उठाई मसानघाटसम्म पु¥याउने मलामी गुठी नै सञ्चालनमा ल्याएका थिए ।

प्रत्येक वर्षको वैशाख ५ गते जात्राको अन्तिम दिन भएकोले यो दिन प्रसिद्ध पाँचतले मन्दिरस्थित तौमढीे भैरवको रथ तानेर पाँचतले मन्दिरको पश्चिम कुनामा राखी बेताली भैरवको मुख्य देउतालाई पूजा गरी भैरव मन्दिरमा भित्र्याएपछि तान्त्रिक विधिअनुरूप पूजा गरी जात्रा सम्पन्न गरिन्छ ।