• २०८१ पुष ८, २०८१ १०:५५

कर्णाली प्रदेशमा मुख्य मन्त्री शाहीको सरकार जोगियो

काठमाडौँ । कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्र बहादुर शाहीले आज विश्वासको मत लिएका छन् । उनको पक्षमा २२ सांसदले मतदान गरेका छन् भने बिपक्षमा १५ मत मात्रै परेको छ । एमालको ४ सांसदले फ्लोर क्रस गर्दा मुख्य मन्त्री शाहीको सरकार जोगिएको छ ।

शुक्रबार भएको मतदानमा ३९ सांसद मध्ये ३७ सांसदले भाग लिएका थिए । जसमा माओवादी केन्द्रका १२, नेपाली काँग्रेसका ६ र नेकपा एमालेका ४ जना सांसदले शाहीको मतदान गरेका छन् ।

काँग्रेस र माओवादीसँग बहुमत नभएकाले शाही नेतृत्वको सरकार ढल्ने लगभग पक्का थियो । तर आश्चर्यजनक ढंगले एमालेका ४ सांसदले ह्वीप उल्लंघन गर्दै माओवादीको सरकारलाई जोगाइदिएका छन् ।

यसअघि एमाले संसदीय दलका नेता यामलाल कँडेलले ह्वीप जारी गर्दै आफ्ना सांसदहरुलाई मुख्य मन्त्री शाहीको विपक्षमा  मतदान गर्न निर्देशन दिएका थिए । तर, माधव नेपाल पक्षमा रहेका ४ सांसदले ह्वीप उल्लघंन गर्दै शाही सरकार जोगाइदिएका हुन् ।