काठमाडौँ | उपत्यकामा बैशाख 16 गते देखि 22 गते सम्म निषेधाज्ञा गर्ने घोषणा गरिएको छ | सोमबार काठमाडौँ भक्तपुर र ललितपुर जिल्ला प्रमुख अधिकारीहरुको बैठकले निषेधाज्ञा जारी गर्ने घोषणा गरेको हो | उपत्यकामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढे संगै प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा लगाउने आदेश जारी गरेको हो |
बैशाख 16 गते देखि बैशाख 22 गते सम्म उपत्यकामा अत्यावश्यक सवारी साधन बाहेक अन्य सवारी साधन चलाउन पाइने छैन | त्यस्तै खाध्य सामग्री, औषधि पसल बाहेक अन्य पसल बन्द हुने भएको छ |
काठमाडौँ उपत्यका भित्र संचालनमा रहेका गोष्ठी, सभा, सेमिनार, पार्टी प्यालेस, जिमखाना, ब्युटी पार्लर, सैलुन, शपिङ मल, चिडियाखाना बन्द हुनेछन् |
प्रमुख जिल्ला अधिकारीहरुको आदेश अनुसार खाध्य सामग्रीको पसल बिहान 10 बजे सम्म र बेलुका 5 बजे देखि 7 बजे सम्म खुल्न पाइने छ |
त्यस्तै अत्यवश्यक सामग्री बोकेका ढुवानीका साधन, बिरामी तथा कुरुवा बोकेका एम्बुलेन्स र स्वास्थ्य कर्मी र सुरक्षाकर्मीले प्रयोग गर्ने सवारी साधन चल्न पाउनेछन् |
त्यस्तै एम्बुलेन्स, खानेपानी, स्वास्थ्य, फलफुल, दुघ्धजन्य पदार्थ, बैंक, बित्तिय संस्था, इन्टरनेट, दुरसंचार फोहोर मैला व्यवस्था लगायत ढुवानीको साधन पनि चल्न पाउने छन् |