काठमाडौँमा विभिन्न पेशा ब्याबसायी तथा बिधार्थीहरु आफ्नो गाउँ जान थालेका छन् | उपत्यकामा कोरोना तिब्र गतिमा फैलिएसंगै सरकारले 15 दिन निषेधाज्ञा जारी गरेको छ | निषेधाज्ञा संगै काठमाडौँ बाहिर घर भएका मानिसहरु काठमाडौँ छोडेर जान लागेका हुन् | 15 दिन निषेधाज्ञाले कोरोना नियन्त्रण नभए फेरि निषेधाज्ञा हुने सम्भावना रहेको छ | पछिल्लो समय काठमाडौँमा सबैभन्दा धेरै कोरोना संक्रमित भेटिएका छन् |
कोरोना संक्रमण बढेपछि अहिले काठमाडौँको अस्पतालमा वेडको अभाव हुन थालेको छ | नागरिकले स्वास्थ्यको मापदण्ड पालना नगर्दा कोरोना संक्रमण ह्वात्तै बढेको छ | निषेधाज्ञा स्थायी समाधान भने होइन तर कोरोना धेरै फैलन बाट रोक्न सकिन्छ |