काठमाडौँ । ४ दिन देखि अविरल परेको वर्षाको कारणले प्युठान र अर्घाखाची जोड्ने पुल भत्काएको छ । प्यूठानको झिमरुक नदीमा आएको बाढीले प्यूठानको ऐरावती गाउँपालिका–१ माझिदमार र अर्घाखाँचीको शितगंगा नगरपालिका–७ चिउरेखोला जोड्ने निर्माणाधीन पक्कीपुल भत्काएको हो ।
यो पुल ४ दिन अघि मात्र ढलान भएको थियो । सडक डिभिजन कार्यालय प्यूठानका इन्जिनियर अरुण केसीका अनुसार पुलको ३५ मिटर भाग भत्किएको छ । अहिले ठाउँ ठाउँमा बढीले बितण्डा मचाएको छ कहीं बस्ति नै डुबानमा परेका छन् भने कहीं मानिस र घर नै नदीले बगाएका छन् ।
नेपालमा मनसुन सुचारु भएसंगै सिन्धुपाल्चोक जिल्ला देखि गण्डकी प्रदेश, लुम्बिनी प्रदेशमा बाढी र पहिरोले सडक देखि बस्ती जोखिममा परेका छन् ।