• २०८१ पुष ९, २०८१ ०७:३२

प्रधानमन्त्री देउबा बालुवाटार सरे

प्रधानमन्त्री शेरबहादुर देउबा सरकारी निवास बालुवाटार प्रवेश गरेका छन् | शुक्रबार बिहान 10 बजे बालुवाटारस्थित सरकारी निवास सरेका हुन् |

प्रधानमन्त्री नियुक्त भएपछि देउबा बुढानिल्कण्ठस्थित आफ्नै निवासमा बस्दै आएका थिए | आज साउन 1 गते अर्थात् साउनेसंक्रान्ति पनि परेको शुभ दिन पारेर देउबा बालुवाटार सरेका हुन् |

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली पदच्युत भएपछि उनले बुधबार बालुवाटार छाडेर बालकोट सरेका थिए |