• २०८१ पुष ८, २०८१ १०:२९

प्रचण्ड परे मानसिक तनावमा

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आफ्नै पार्टीका नेताहरुका कारण मानसिक तनाबमा परेका छन् । शनिबार एक कार्यक्रममा बोल्दै प्रचण्डले ४/५ दिन देखि मानसिक तनावमा छु । उनले भने पार्टीमा ४९ जना नेताहरुको मन्त्री बन्ने दबाब आएको बताए । मेरो दिमागमा आतंक छ कसलाई मन्त्री बनाउने कसलाई मन्त्री नबनाउने ।

हाम्रो ४९ जना सांसदलाई मन्त्री चाहेको छ । हामीले बढी पायो भने ७ जना मात्रै हो। यहाँ मन्त्री नभयो भने चाही नेतृत्वलाई सरापेर हिड्ने मन्त्री पायो भने मात्रै गर्ने प्रवृत्ति छ ।

उनले भने सबैलाई बनाउन मन लाछ नि ४९ जनालाई बनाईदिन पाए नि हुन्थ्यो मन्त्री फेरी त्यस्तो हुदैन । ‘कुरा गर्दा आदर्शका ठूल्ठूला कुरा गर्ने तर चित्त चाहिँ के छ भने मन्त्री पाइन्छ कि पाइँदैन ? पाइन्छ भने ठीक छ, पाइँदैन भने ठीक छैन, यो आजको हाम्रो कल्चर हो’ प्रचण्डले भने ।