• २०८१ पुष ८, २०८१ १०:३१

गण्डकी र लुम्बिनी प्रदेश प्रमुखले लिए शपथ(फोटो फिचर)

काठमाडौँ । गण्डकी र लुम्बिनी प्रदेश प्रमुखले पद तथा गोपियानाताको शपथ ग्रहण गरेका छन् । मंगलबार मन्त्रिपरिषदद्वारा नियुक्त भएका उनीहरुले आज शपथ लिएका हुन् । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले मंगलबार गण्डकी र लुम्बिनी प्रदेश प्रमुख नियुक्त गरेकी थिइन् ।

गण्डकी प्रदेश प्रमुखमा पृथ्बीमान गुरुङ र लुम्बिनी प्रदेशमा अमिक शेरचन नियुक्त भएका हुन् । पृथ्बीमान गुरुङ कांग्रेस पार्टीका हुन् भने अमिक शेरचन नेकपा माओबादी केन्द्रका नेता हुन् ।

राष्ट्रपति कार्यालय शितल निवासमा भएको शपथ ग्रहण समारोहमा प्रधानमन्त्री शेर बहादुर देउबा संगै मन्त्रीहरु लगायत नेपाल सरकारका उच्च पदस्थ पदाधिकारीहरु उपस्थित रहेको थियो ।