• २०८१ पुष ८, २०८१ १०:५१

आज साउन १५ खिर खानु भयो ?

काठमाडौँ । साउन १५ गते बिशेषत आज खिर खाने दिनको रुपमा मनाइन्छ । नेपाली समाजमा परापुर्वकालदेखि नै विभिन्न परम्परा, रितिरिवाज र सस्कार चल्दै आएका छन् । त्यसै अनुसार साउन १५ गतेलाई पनि प्राचिनकालदेखि नै चल्दै आएको परम्पराको रुपमा लिने गरिन्छ । नेपाली समाजमा आजको दिनको पनि बिशेष महत्व रहँदै आएको छ । साउन महिनामा गाउँघरमा खेतीपाती सकिसकेको र साउने झरी पर्ने बेलामा तातो खिर खानाले स्वास्थ्यलाइ राम्रो गर्ने विश्वास गरिन्छ ।

चामल, सावधाना, सेवइ, मकै, गाजरलगायतको खिर बनाउने गरिन्छ । सावधानालाई फलफूलकै वर्गमा राखिन्छ । यसैगरी साउन महिनामा हरियो मकै धेरै पाइने भएकाले मकैको खिरसमेत बनाएर खाने चलन छ । खिर खाँदा देवतालाई चढाएर खानुपर्छ भन्ने धार्मिक विश्वास रही आएको छ ।

नेपाली बृहत् शब्दकोशले ‘दूधमा पकाइएको भात, दूधमा चामल, चिनी, मसला आदि हाली पकाइएको स्वादिष्ट खाद्य पदार्थ, पायस, तस्मै’ भनी खिरलाई परिभाषित गरिएको छ । नेपाली समाजमा असार १५ गते दही, च्यूरा, साउन १५ गते खिर, भदौ १५ गते पोलेको मकै, पुस १५ गते घिउ खट्टे, माघ १५ गते मालपुवालगायत चिजबिज बनाएर इष्टमित्र एवं छोरी चेलीलाई बोलाएर खुवाउने र आफू पनि खाने लौकिक चलन रही आएको छ ।