• २०८१ पुष ८, २०८१ ०९:३६

फेरी प्रधानमन्त्री बन्न जालझेल नगर्न ओलीलाई माधव नेपालको चेतावनी

काठमाडौँ । नेकपा एमालेका बरिष्ठ नेता माधब नेपालले फेरी प्रधानमन्त्री बन्छुकी भनेर जाल झेल षड्यन्त्र नगर्न ओलीलाई चेतावनी दिएका छन् । शनिबार आखिल फोर्सद्वारा आयोजित भेलालाई सम्बोधन गर्दै नेपालले यस्तो बताएका हुन् । हामीले भर्खरै सर्बोच्च अदालतले जुन हिसाबले फैसला गरेको छ यो लामो समय देखि गलत बाटोमा गएको देशलाई लोकतान्त्रिक आन्दोलनको प्रभाहलाई ठिक बाटोमा ल्याउने काम गरेको छ ।

यो संविधानको सम्रक्षक भएको छ सहि ब्याख्या गरिएको छ, गलत कदमलाई सच्याउने काम भएको छ नेपालले भने त्यसप्रति सर्बोच्च अदालत प्रति सम्मान जाहेर गर्न चाहन्छौ । प्रतिनिसभाका सदस्यहरु जसले संविधानको रक्षा गर्न आफैलाई जोगाउन बचाउन भोट खसालेर प्रतिनिधिसभा विघटनबाट भोट खसालेर रोकेका छन् ।

यो सरकारले राम्रो काम गर्नुपर्ने नेपाललले बताए । यो प्रतिनिधिसभालाई विघटन गर्ने  कसैले दुस्साहस नगर्न चेतावनी दिएका छन् । उनले केपी ओली प्रति संकेत गर्दै फेरी फर्केर प्रधानमन्त्री बन्छुकी भन्ने ठानेर जाल झेल षड्यन्त्र कसैले नगरोस उनले भने जे गर्नुछ पारदर्शी तरिकाले हुनेछ ।

यस्तै नेता नेपालले दार्चुलास्थित महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनाको छानविन गर्न सरकारसँग माग गरे  । उनले सो घटनामा संलग्नलाई कारवाही गर्न भारत सरकारको पनि गम्भिर ध्यानाकर्षण गराए । वरिष्ठ नेता नेपालले भने, ‘महाकाली नदीमा घटेको घटना हामीले सुन्यौं । त्यो घटना अमानवीय देखियो भनेर आएको छ । त्यसको छानविन गरियोस् । ती व्यक्तिहरु, उनीहरुको बदमासीले होस् वा लापरबाहीले होस्, जुनसुकै कारणले पनि एउटा नेपाली युवा पानीमा वेपत्ता भएको सुन्नमा आएको छ । त्यस्तालाई दण्डित गर्ने काममा भारत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । र म नेपाल सरकारले तत्काल यो कुरा उठाउने काम गरोस भनेर ध्यानाकर्षण गराउन चाहन्छु ।’