• २०८१ पुष ९, २०८१ ०५:२३

साउनको अन्तिम सोमबार पशुपतिनाथमा भक्तजनको भिड (फोटो फिचर)

काठमाडौँ । साउनको अन्तिम सोमबार आज पशुपतिनाथमा भक्तजनको भिड लागेको छ ।

साउनको पहिलो सोमबार देखि ब्रत बसेका हिन्दु नारीहरु बिहानै देखि पशुपतिनाथको मूल गेट र शिव लिंगमा गएर पूजा आराधना गरेर ब्रत समापन गरेका छन् ।

साउनको माहिना र सोमबार भगवान शिवको बिशेष दिनको रुपमा लिने गरिन्छ ।

साउनको महिना र सोमबार ब्रत बस्नाले सुख, शान्ति इच्छा, मनोकामना पुरा हुने धार्मिक बिश्वास रहेको छ । साउनको महिनालाई सबैभन्दा चोखो महिनाको रुपमा लिने गरिन्छ   । आजको दिनमा पूजा आराधना गर्नाले पुण्य मिल्ने धार्मिक बिश्वास रहदै आएको छ ।

साउनको महिना भगवान शिव धर्तीमा आउने  धर्मशास्त्रमा लेखिएको छ । साउनको आज अन्तिम सोमबार परेकाले देशैभरका शिव मन्दिरमा भक्तजनको भिड लागेको हो ।