• २०८१ पुष ९, २०८१ ०५:२२

नेकपा एमाले फुट्यो: माधव नेपालले गरे नयाँ पार्टीको घोषणा

काठमाडौँ । अन्तत नेकपा एमाले औपचारिक रुपमा बिभाजन भएका छन् । लामो समयको विवादपछि माधब नेपाल र ओली छुट्टिएका छन् । माधब नेपालले निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गराएका छन् । उनले पार्टीको नाम एमाले समाजवादी दल राखेका छन् । पार्टीले चुनाब चिन्ह खुल्ला किताब पाएका छन् तर अरु पार्टीसंग जुधेका कारण निर्णय हुन बाँकी रहेको छ । आजै राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल सम्बन्धि अध्यादेश जारि गरेपछि एमाले औपचारिक रुपमा बिभाजन भएको हो ।  देउबा सरकारले माधव पक्षलाइ सजिलो हुने गरि राजनीतिक दल सम्बन्धि अध्यादेश राष्ट्रपतिलाइ पठाएको थियो । अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याएर दल विभाजन गर्न सकिने व्यवस्था गरिएको छ ।

नयाँ पार्टीमा नेता नेपाल नै अध्यक्ष रहेका छन् भने झलनाथ खनाल वरिष्ठ नेता रहेका छन् । नयाँ पार्टीमा ९५ जना केन्द्रीय सदस्य रहेका छन् । निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएपछि नयाँ पार्टीका नेता राजेन्द्र पाण्डेले प्रतिनिधिसभा र राष्ट्रियसभाका ३१ जना सांसदहरु रहेको बताए । दल दर्ताको निवेदन दिएपछि पत्रकारहरुसँग कुरा गर्दै नेता पाण्डेले नयाँ पार्टीलाई निर्वाचन आयोगले प्रमाणपत्र दिएपछि राष्ट्रिय सम्मेलन गर्ने र नयाँ क्रान्तिकारी पार्टीका रुपमा अघि बढाउने बताए । त्यस्तै उनले नेकपा एमालेमा रहेका नेताहरुलाई पनि चाँडो नयाँ पार्टीमा आउन आग्रह गरे । ‘एमालेमा रहेका साथीहरुसँग रहेका साथीहरुसँग हाम्रो व्यवहार शत्रुतापूर्ण रहँदैन । अल्मलिएर बसेका साथीहरुलाई आउन आग्रह गर्छु’ पाण्डेले भने, ‘अरु कम्युनिस्ट पार्टीसँग पछि पार्टी एकता हुनसक्छ तर ओलीसँग पार्टी एकता हुँदैन ।’