• २०८१ पुष ९, २०८१ ०५:०२

काठमाडौँमा इन्द्रजात्रा पर्व सुरु (फोटोफिचर)

काठमाडौँ । शनिबारबाट नेवार समुदायको पर्व इन्द्रजात्रा सुरुवात भएको छ । वर्षा र सहकालका देवता इन्द्रको नाममा गरिने इन्द्रजात्राको इन्द्रध्वजोत्थान आज बिहान ६ स् ५१ बजेको साइतमा गरिएको थियो । काठमाडौंको बसन्तपुरस्थित हनुमानढोकामा ३६ हात लामो लिंगो ठड्याएर इन्द्रजात्राको  सुरुवात गरिएको हो । यो पर्व भक्तपुर, ललितपुर, काठमाडौँ र दोलखामा नेवार समुदायले भब्यसंग मनाउने गर्दछन् ।

 

इन्द्रजात्रा ८ दिनसम्म मनाउने गरिन्छ । यो पर्वको मुख्य दिन आइतबार कुमारी घरबाट काठमाडौंको तल्लो टोलमा कुमारी, गणेश र भैरवको रथ यात्रा गर्ने गरिन्छ । सोही दिन राष्ट्रप्रमुखको रुपमा राष्ट्रपतिले जात्रा अवलोकन गर्ने परम्परा छ । सरकारले इन्द्रजात्राको अवसर पारेर मंगलबार सार्वजनिक विदा दिने घोषणा गरिसकेको छ ।