• २०८१ पुष ८, २०८१ ०९:२९

सिटिजन्स बैंकको १२ प्रतिशत बोनस प्रस्ताव

काठमाडौँ । अहिले बैंकहरुले धमाधम बोनस वितरण गर्न थालेका छन् ।  यसैगरी सिटिजन्स बैंकले गत आर्थिक बर्षको मुनाफाबाट शेयर धनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । शुक्रबार बसेको बैंक संचालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो । उक्त बैठकले गत बर्षको मुनाफाबाट चुक्ता पूँजीको १२.९१३ प्रतिशत बाेनस शेयर र ३.०८९ प्रतिशत नगद गरी १६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी वार्षिक साधारण सभाले परित गरेपछि शेयरधनीले पाउनेछन् । त्यस्तै अहिलेसम्म माछापुछ्रे बैंक र सानिमा बैंकले पनि लाभांश वितरण गर्ने प्रस्ताव गरि सकेका छन् ।