• २०८१ पुष ८, २०८१ ०९:४५

लेटमिइन मिसेस व्यूटी क्वीन नेपाल २०२१ को आवेदन खुल्ला

काठमाडौं : सिजन मिडिया प्रा.लि.द्धारा आयोजीत विवाहीत महिलाहरुमा केन्द्रित “लेट मि इन मिसेस व्यूटी क्वीन नेपाल २०२१” पाचौं संकरणको आयोजनाको लागि आवेदन खुल्ला गरेको छ । विवाहित महिलाहरुको सहभागीता लाइ ध्यानमा राखि सिजन मिडियाले यो कार्यक्रम विगत ५ वर्ष देखि गर्दै आएको हो ।

महिलाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, वाक कला तथा नेतृत्वदायी क्षमताको विकास साथै त्यसको आवश्यकताको महसुस गरी सोही अनुरुप त्यसको उपयोगिताबारे मार्ग निर्देशन दिंदै समाज सक्षम र जिम्मेवार महिलाको रुपमा अगाडि वढाउन सहयोग गर्ने हेतुले यो कार्यक्रमलाई विस्तार गरिन लागिएको हो । कोभिडको महामारीलाई ध्यानमा राखेर यो कार्यक्रम सुरक्षीत तवरवाट गरिने छ ।

विगत १३ वर्ष देखि काठमान्डौमा रहेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा विभिन्न सामाजिक सांस्कृतीक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु गर्दै आएको मिडियाले विगत ५ वर्ष देखि निरन्तर रुपमा यो प्रतियोगितात्मक कार्यक्रम गर्दै आएको छ । यो पाचौें संस्करणको लागि उपत्यकावाट र उपत्यका वाहीर वाट जम्मा २५ जना प्रतियोगी समावेश गराइने छ । पहिलो चरणको छनौट कार्यक्रम आगामी पौष पहिलो साता हुनेछ ।

उक्त प्रक्रियावाट छनौट भएका प्रतियोगीहरुलाई प्रशिक्षणको क्रममा व्यक्तित्व विकास,वाक कला, शारारिक फिटनेश, जुम्वा,सेल्फ डिफेन्स, सेल्फ मेकअप, फोटो सेसन,टेवल म्यानर सम्वन्धी प्रशिक्षण साथै महिला अधिकार सम्वन्धी ज्ञान सिप प्रदान गरिने छ भने स्टेजमा हिड्न वोल्न साथै प्रश्न उत्तर सिकाइने छ । स्टेज पर्फमेन्स क्याटवाक आदि लगायतका विद्यामा भने कोरियोग्राफर रोजीन शाक्यले गु्रमिङ गर्नु हुनेछ । साथै नेपालका विभिन्न कलाकार, पत्रकार ,मानव अधिकारकर्मी, समाज सेवी तथा विशिष्ट व्यक्तिहरुसंग अन्तरक्रिया कार्यक्रम साथै आन्तरीक प्रतिभा तथा प्रतियोगीतात्मक कार्यक्रमहरु संन्चालन गरिने छ ।

प्रतियोगिताका विजेताहरुले “ लेट मि इन मिसेस व्यूटी क्वीन नेपाल २०२१”को उपाधी सहित फ्रिज, टेलीभिजन, हिटर साथै घरायसीका उपहारका सामाग्रीहरु र मलेसिया भ्रमणको लागि ३ जना विजेतालाई हवाई टिकटहरु प्रदान गरिने छ भने लेटमिइनको तर्फवाट ५० हजार वरावरको गिफ्ट भौचर प्रदान गरिने छ । यस बाहेक अन्य विभिन्न १५ विधामा पनि उपविजेता छनौट गरिनेछ । विजेताहरुलाई विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगीतामा सहभागी गराइने छ ।