• २०८१ पुष ८, २०८१ ०९:४६

नेपालमा पनि भेटियो ओमिक्रोन भेरियन्ट

काठमाडौँ । नेपालमा पनि ओमिक्रोन भेरियन्टबाट संक्रमित दुई व्यक्ति भेटिएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा सह-प्रवक्ता समिर अधिकारीले नेपालमा पनि कोरोनाको नयाँ भाइरस ओमिक्रोन भेटिएको जानकारी दिएका हुन् ।

ओमिक्रोन भेटिएको देशबाट मङ्सिर ३ गते नेपाल प्रवेश गरेका ६६ बर्षीय बिदेशी नागरिक र उनको सम्पर्कमा आएका अर्का एकजना ७१ बर्षीय व्यक्तिमा ओमिक्रोन भेटिएको उनले बताए । उनीहरुको मङ्सिर ७ गते परिक्षण गरिएको थियो ।

दक्षिण अफ्रिकाबाट पहिलोपटक पहिचान भएको नयाँ भेरियन्ट अहिलेसम्म भारत सहित ४० भन्दा बढी देशहरुमा फैलिइसकेको छ  ।