• २०८१ पुष ९, २०८१ ०५:३९

काठमाडौँमा ज्यापू दिवसको रौनक (फोटोफिचर)

काठमाडौँ । ज्यापू समुदायले काठमाडौँमा १८ औं राष्ट्रिय ज्यापू दिवस भब्यताको साथ मनाएको छ । काठमाडौँको नेवारहरुले विभिन्न ठाउँबाट बाजागाजा सहित र्यालीको आयोजना गरिइएको थियो । कार्यक्रममा प्रधानमन्त्री शेर बहादुर देउबा तथा मन्त्री र अन्य सरकारी उच्च पदस्थ अधिकारीहरुको उपस्थिति रहेको थियो ।

नेपाल भाषामा ‘ज्या’ भनेको काम र ‘पू’ भनेको बीउ हो । निरन्तर खेती किसानीमा संलग्न हुने मिहिनेती र पौरखको रीत र परम्परा नै ज्यापू संस्कृति हो । नेवारी समूदायको समेत मूल संस्कृतिको रुपमा रहेको यसको संरक्षणका लागि सरकारले ज्यापू दिवसलाई राष्ट्रिय दिवसको मान्यता दिई यस दिन सार्वजनिक विदा समेत दिँदै आएको छ । विक्रम संवत् २०६१ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले यसलाई राष्ट्रिय दिवसको मान्यता दिएको हो ।