काठमाडौँ । सरकारले स्थानीय तहको चुनाब २०७९ सालको बैशाख ३० गते गर्ने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निबास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले स्थानीय तहको चुनाबको मिति तोकेको हो । यस अघि निर्वाचन आयोगले भने सरकारलाई जेठ ४ गते स्थानीय तहको चुनाब गर्न प्रस्ताव गरेको थियो ।
स्थानीय तह निर्वाचन ऐनअनुसार हाल कायम रहेका स्थानीय जनप्रतिनिधिको कार्यकाल ५ जेठ २०७९ मा सकिने छ । साथै संविधानले स्थानीय तह जनप्रतिनिधिविहीन हुने कल्पना गरेको छैन ।
४ जेठमा चुनाव गर्दा केही दिन स्थानीय तह जनप्रतिनिधिविहीन हुने अवस्था आएपछि सरकारले नयाँ मिति प्रस्ताव गरेको हो । स्रोतका अनुसार सोमबार सरकारले निर्वाचन आयोगका पदाधिकारीहरुसँग नयाँ मितिबारे परामर्श गरेको थियो ।