• २०८१ पुष ९, २०८१ ०२:०८

ज्ञानेन्द्र शाही फागुन ६ गते राप्रपा प्रवेश गर्ने

काठमाडौँ । हाम्रो नेपाल हामी नेपाली अभियान राप्रपामा समाहित हुने भएको छ । ज्ञानेन्द्र शाही संयोजक रहेको उक्त भ्रस्टाचार बिरोधि अभियान राजनीतिक पार्टीमा समाहित हुन लागेको राप्रपाले आज बसेको बैठकले निर्णय गरेको हो ।

समान विचार भएका व्यक्ति, समुह र दलसँग एकता, मोर्चा वा सहकार्य गर्ने पार्टीको नीति बमोजिम महामन्त्री डा धवल शमशेर राणाले शाहीलाई राप्रपामा समाहित गर्ने प्रस्ताव बैठकमा पेश गरेका थिए । सो प्रस्ताव बैठकले अनुमोदन गरेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । उनका अनुसार शाही ६ गते राप्रपामा समाहित हुनेछन् ।

ज्ञानेन्द्र शाहीको अभियानले निरन्तर रुपमा एमसिसि बिरुद्ध सडकमा बिरोध गर्दै आईरहेका थिए। एमसिसि नेपालमा अनुमदन गर्नु हुदैन भनेर लागेका उनि अन्तत राप्रपा प्रवेश गर्ने निश्चित भए संगै भ्रस्टाचार बिरुद्धको अभियान अधुरै हुने भएको छ । पछिल्लो समय हाम्रो नेपाल हामी नेपालीमा रहेका केहि अभियन्ताहरु ज्ञानेन्द्र शाहीबाट असन्तुष्ट भएर अलग भईसकेका छन् । ज्ञानेन्द्रले नेपालका लागि नेपाली अभियानबाट अभियन्ताको पहिचान बनाएका थिए भने पछि उनले उक्त अभियान छाडेर आफ्नै नेतृत्वमा हाम्रो नेपाल हामी नेपाली अभियान चलाएका थिए। देशमा बिस्तारै चुनाबको माहोल बन्न थालेको समयमा उनि राप्रपा प्रवेश गर्न लागेको बुझिएको छ । आउने चुनाबमा राप्रपाबाट उम्मेदार बन्ने उनको भित्रि चाहना रहेको बुझिएको छ ।