• २०८१ पुष ८, २०८१ ०९:३१

पल शाहले गरे आजै प्रहरीमा आत्मसमर्पण गर्ने निर्णय

काठमाडौँ । नायक पल शाहले आजै नेपाल प्रहरु सामु आत्मसमर्पण गर्ने निर्णय गरेको छ । नाबालिग गायिकाली करणी गरेको आरोपमा उनि बिरुद्ध तनहु जिल्ला प्रहरी कार्यलयमा बुधबार जाहेरी दर्ता भएपछि पल फरार रहँदै एक थिए । पलले आज आइतबारनै आत्मसमर्पण गर्ने बताएका छन् ।

पलले आइतबार सामाजिक संजालमार्फत स्वास्थ्य समस्या र घर ब्यबहार मिलाउनु पर्ने भएको प्रहरीसामु उपस्थित हुन नसकेको बताएका छन् ।

मेरो आफ्नो स्वास्थ्य स्थिति बिग्रिएको हुनाले साथै घरको सबै घर व्यवहार मिलाउनु परेकाले र मेरो फिल्म ‘म यस्तो गित गाउँछु २’ गत शुक्रबारदेखि नेपाल भर प्रदर्शन भएका कारण फिल्मलाई असर नपरोस् भनि म प्रहरी सामु उपस्थित हुन नसकेकोमा माफी माग्न चाहन्छु’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘नेपालको कानुनलाई सम्मान गर्दै आज (आइतबार) नेपाल प्रहरी सामु म आफै उपस्थित हुने जानकारी सम्पूर्णमा दिन चाहन्छु ।’