भरतपुर । भरतपुरमा पछिल्लो जानकारी अनुसार नेकपा माओबादी केन्द्रकी रेणु दाहालले फराकिलो मतान्तर बनाएका छिन् । उनले एमालेबाट मेयरका उम्मेदवार बिजय सुबेदीले भन्दा १६१७ मत ल्याएका छिन् । भरतपुरमा अहिलेसम्म २७०२६ मतगणना भएको छ भने अहिले वडा नम्बर ६ को मतगणना जारि रहेको छ ।
अहिलेसम्म रेणु दाहालले ९८०१ मत पाएकी छन् भने एमालेका उम्मद्वारले ८१८४ मत प्राप्त गरेका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४४३९ मत ल्याएका छन् ।
यस्तै उपमेयरमा उम्मेदवार चित्रसेन अधिकारीले ११७४० मत पाएका छन् भने हिमला गुरुङले ६६६८ मत प्राप्त गरेका छन् ।