• २०८१ पुष ९, २०८१ ०५:४५

रेणु दाहालले मेयरको पदभार ग्रहण गर्दै गरिन् महत्वपुर्ण निर्णय

भरतपुर । भरतपुर महानगरपालिकाको मेयर पदमा निर्वाचित रेणु दाहालले आज पदभार ग्रहण गरेकी छन् । पदभार ग्रहण गर्दै उनले दुई वटा महत्वपुर्ण निर्णय गरेकी छन् ।उनले भरतपुर जन्मिने छोरीहरुलाई निशुल्क बिमा गर्ने निर्णय गरेकी छन् । मेयर दाहालले सरकारी अस्पतालमा जन्मिएका छोरीहरू​ले १५ वर्षपछि पाउने गरी एक लाख बराबरको जीवन बीमा गरिदिने निर्णय गरेकी हुन् ।

त्यस्तै दोस्रो भरतपुर भित्र खानेपानी उपभोग गर्ने ग्राहकलाई निशुल्क गर्ने निर्णय गरेकी छन् । ७ हजार लिटरसम्म खानेपानी उपभोग गर्ने ग्राहकलाई शुल्क लाग्ने छैन । त्यस्तै महानगर प्रमुख दाहालले अबको २ वर्षभित्र भरतपुरको चौकी डाँडादेखि गोलाघाटसम्म खानेपानीको पहुच पुग्ने उल्लेख गरेकी छन् ।